Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मौसम पूर्वानुमानः यी स्थानमा वर्षाको सम्भावना

मौसम पूर्वानुमानः यी स्थानमा वर्षाको सम्भावना

दैनिकी न्यूज

१८, आश्विन २०७७
मौसम पूर्वानुमानः यी स्थानमा वर्षाको सम्भावना
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार वंगालको खाडीको उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको छ । हाल देशका प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश न ५ का पुर्वी भागमा बदली भई थोरै स्थानहरुमा हल्का बर्षा भएको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज १८ गते (आईतबार)

दिउँसो: प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही  प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही  प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १९ गते (सोमबार)

दिउँसो:   प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २० गते (मंगलबार)

दिउँसो:   प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही  प्रदेश १ का थोरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रही  प्रदेश १ का एक दुइ स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - ०७:०५:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology