बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । सत्तारुढ दल नेकपाको शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सो निर्णय प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए । प्रदेश बनेको लामो समयसम्म पनिस्थायी राजधानी तोक्न नसकेको भनेर आलोचना भइरहेको थियो । यसअघि प्रदेशको राजधानी बुटवल बनाउन दबाब थियो ।