Logo

आइतवार, आश्विन २५ गते २०८३

images

डिजेल र मटितेलको भाउ घट्यो

डिजेल र मटितेलको भाउ घट्यो

दैनिकी न्यूज

१५, आश्विन २०७७
डिजेल र मटितेलको भाउ घट्यो
images

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको भाउ घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको हो ।

घटेको भाउअनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले १५/१५ दिनमा स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन गरिएको बताए ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - २०:१२:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology