Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मौसम पूर्वानुमानः यस्तो छ तीन दिनको मौसम

मौसम पूर्वानुमानः यस्तो छ तीन दिनको मौसम

दैनिकी न्यूज

१५, आश्विन २०७७
मौसम पूर्वानुमानः यस्तो छ तीन दिनको मौसम
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज १५ गते (बिहिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।  

राती : देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुई स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ । 

असोज १६ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ । 

राती : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १७ गते (शनिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०६:५६:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology