Logo

आइतवार, आश्विन २५ गते २०८३

images

रुसबाट नेपाल आउने भयो कोरोना भ्याक्सिन, मंगलबार नै भयो सम्झौता

रुसबाट नेपाल आउने भयो कोरोना भ्याक्सिन, मंगलबार नै भयो सम्झौता

दैनिकी न्यूज

१३, आश्विन २०७७
रुसबाट नेपाल आउने भयो कोरोना भ्याक्सिन, मंगलबार नै भयो सम्झौता
images

रोयटर्स । कोरोना महामारीको चपेटामा रहेको नेपालमा कोरोना रोगको भ्याक्सिन भने छिट्टै उपलब्ध हुने भएको छ । रुस र नेपालबीच त्यसबारेमा मंगलबार सम्झौता भइसकेको छ । सम्झौता अनुसार रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति हुनेछ । मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच भ्याक्सिन सम्झौता भएको हो ।

ट्रिनिटी फर्मास्युटिकलको माध्यमबाट नेपालमा उक्त कोरोनाविरुद्धको खोप स्पुतनिक–भी वितरण हुने जनाइएको छ।

रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ। फन्डले भारतमा एक सय मिलियन डोज भ्याक्सिन पठाउने बताइसकेको छ। यस भ्याक्सिन भारतमा पनि परीक्षण हुने क्रममा रहेको छ।
रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो।

त्यहाँका राष्ट्रपति भ्लादमिर पुटिनले उक्त भ्याक्सिन आफ्नो छोरीमा पनि परीक्षण गरेको दाबी गरेका थिए। तर तेस्रो परीक्षण नगरी भ्याक्सिन प्रयोगका लागि स्वीकृति प्रदान गरेका कारण विश्वभरका विज्ञहरुले रुसी कार्यको आलोचना गरेका थिए।

हाल रुसको उक्त खोप विश्वका विभिन्न स्थानमा परीक्षण भइरहेका छन्। खोपले सकरात्मक परिणाम दिइरहेको बताइएको छ।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - १७:००:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology