Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज ललितपुरका यी ५ स्थानमा विद्युत् जाने

आज ललितपुरका यी ५ स्थानमा विद्युत् जाने

दैनिकी न्यूज

१०, आश्विन २०७७
आज ललितपुरका यी ५ स्थानमा विद्युत् जाने
images

ललितपुर । शनिबार दिउँसो काठमाडौं उपत्यकाका ५ स्थानमा एक घण्टा विद्युत् बन्द गरिने भएको छ।

नेपाल विद्युत प्राधिकरण, लखनखेल वितरण केन्द्रलेले दिएको सूचनाअनुसार ललितपुरका ५ फिडरमा लोड स्थानान्तरण गर्नुपर्ने भएकाले मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म उपत्यकाका ५ क्षेत्रमा बिजुली जाने भएको हो।

आज गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल(२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने तयारी रहेको नेपाल विद्युत प्राधिकरण लखनखेल वितरण केन्द्रले जनाएको छ।

प्राधिकरणले यी फिडरहरुको विद्युतीय लोड नयाँ फिडरमा स्थानान्तरण गरिने जनाएको छ । शनिबार लोड स्थानान्तरण गर्दा मौसम प्रतिकूल भएमा अर्को दिन सोही समयमा स्थानान्तरण गरिने प्राधिकरणको भनाइ छ ।

images
प्रकाशित मिति :आश्विन १०, २०७७ शनिवार - ०९:५०:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology