Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आर्थिक प्रलोभन ईन्कार गर्ने ट्राफिक प्रहरी सम्मानित

आर्थिक प्रलोभन ईन्कार गर्ने ट्राफिक प्रहरी सम्मानित

दैनिकी न्यूज

६, आश्विन २०७७
आर्थिक प्रलोभन ईन्कार गर्ने ट्राफिक प्रहरी सम्मानित
images

काठमाडौं । सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्ने १७ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् । आजै महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक कार्यक्रम गरी ती ट्राफिक प्रहरीलाई एसएसपी भिम ढकालले टीका, दोसल्ला र प्रशंसा पत्र दिएर सम्मान गरेका हुन् ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरसः पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्न चालक, सहचालकलाई नियमानुसार कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने ट्राफिक प्रहरीहरूलाई सम्मानित गरिएको महाशाखाका प्रमुख एसएसपी भिम ढकालले बताए । संगठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गर्ने ट्राफिक प्रहरीहरुलाई प्रोत्साहन गरिएको उनले बताए ।

यसरी सम्मानित गरेपछि ट्राफिक प्रहरीबाट सम्पादन हुने कार्यमा पारदर्शिता र इमान्दारिता देखिन थालेको महाशाखाले जनाएको छ ।

यसअघि पनि त्यस्ता कुनै पनि प्रलोभनमा नपर्ने ५० जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत महाशाखाले गरिसकेको छ भने सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने तथा संगठनको नीति नियम विपरित कार्य गर्ने ७७ जना ट्राफिक प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरेको छ र ४ जना कर्मचारीलाई नोकरीबाटै हटाईएको छ ।

महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचीत गरिदिन पनि सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

images
प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - १९:५६:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology