Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

दैनिकी न्यूज

३, आश्विन २०७७
सवारी दुर्घटनामा परी सात जनाको मृत्यु
images

काठमाडौं । मोरङ, उदयपुर, सिरहा, सप्तरी, चितवन, मकवानपुर र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

मोरङ, बेलबारी नगरपालिका-१० स्थित सडकमा को.१७ प ८५३१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय शम्भु दाहालको शुक्रबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर, उदयपुरगढी गाउँपालिका-६ स्थित सडकमा नेपालटारबाट कटारीतर्फ जाँदै गरेको स.८ प ७८६८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७७ वर्षीय मतम बहादुर तामाङको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा, कर्जन्हा नगरपालिका-३ स्थित सडकमा ज.१ त ६२१६ नम्बरको ट्याक्टरबाट खसेर धनुषा, धनुषाधाम नगरपालिका-२ बस्ने २६ वर्षीय अरुण सदाको शुक्रबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको फुलकुमारी मेमोरियल अस्पताल कन्जर्हामा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी, सुरूङ्गा नगरपालिका-५ कुसहामा मे.१ च ६७८९ नम्बरको पिकअपले स.७ प ८८२३ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बिरनगर बस्ने २४ वर्षीय सुरज कुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहान हुँदै धरान घोपा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-६ पारस नगरमा लु.१ च ४४३५ नम्बरको पिकअप भ्यानले प्रदेश २-०३-००६ प ७७६१ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिंदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२३ बस्ने ३७ वर्षीय ज्योती दराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, मनहरी गाउँपालिका-९ रजैयामा बा.३ ख ९६६४ नम्बरको मिनीबसले ना.४९ प २४०० नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका-७ बस्ने २९ वर्षीय दिपेन्द्र अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि चुरेहिल अस्पतलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मिनीबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, ईश्वरपुर नगरपालिका-१३ घाट टोलस्थित भित्री सडकमा प्रदेश २-०३-००१ क ०५६८ नम्बरको टिपरको टक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय राजु पौडेलको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :आश्विन ३, २०७७ शनिवार - २०:२७:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology