काठमाडौँ । लामो समयपछि नेपालमा भूकम्पको कडा धक्का महसुस भएको छ। बुधबार बिहान ५ बजेर १९ मिनेटमा करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक, राम्चे केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको केन्द्रबिन्दु रहेको राम्चे क्षेत्र बाह्रबिसे–९ मा पर्छ । राम्चे बाह्रबिसे र बलेफी गाउँपालिकाको सिमानास्थित जुरेको माथिल्लो भाग हो ।
भूकम्पको धक्काले मानिसहरु त्रसित बनेका छन्। भूकम्पको धक्काले मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका छन्।
भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।