काठमाडौं । भूकम्पको धक्काले बुधबार बिहान काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएको छ।
बिहान पाँच बजेर १९ मिनेट जाँदा काठमाडौं उपत्यकालाई जोडले हल्लाउने गरी भूकम्प गएको हो।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्काले मानिसहरु त्रसित बनेका छन्। भूकम्पको धक्काले मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका छन्।