Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कोभिड-१९ सम्बन्धी अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ

कोभिड-१९ सम्बन्धी अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ

दैनिकी न्यूज

२६, भाद्र २०७७
कोभिड-१९ सम्बन्धी अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ
images

कास्की । सामाजिक सञ्जाल मार्फत कोभिड–१९ को पीसीआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका–७ घर भई हाल कास्की पोखरा महानगरपालिका(५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका(४ घर भई कास्की पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड(१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - १३:३८:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology