Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज काठमाडौंका यी स्थानमा बत्ती जाने

आज काठमाडौंका यी स्थानमा बत्ती जाने

दैनिकी न्यूज

२०, भाद्र २०७७
आज काठमाडौंका यी स्थानमा बत्ती जाने
images

काठमाडौं । शनिबार काठमाडौंका विभिन्न ठाउँमा बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बालाजु वितरण केन्द्रको विष्णुमति फिडर अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १५ र १६ को चक्रपथ क्षेत्रमा बिजुलीको पोल सार्ने काम हुने भएकोले यी क्षेत्रमा बत्ती जाने भएको हो ।

शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म फिडर सटडाउनमा राख्नु पर्ने भएको र बत्ती काटिने प्राधिकरणले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यी क्षेत्र अन्तर्गत वनस्थली, गङ्गा हल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुल लगायत पर्दछन् । काम निर्धारित समय अगाडि नै सकिए बत्ती छिट्टै आउने पनि बताइएको छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - ०८:४६:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology