Logo

आइतवार, आश्विन २५ गते २०८३

images

वामदेव राष्ट्रियसभा सदस्यमा सिफारिस

वामदेव राष्ट्रियसभा सदस्यमा सिफारिस

दैनिकी न्यूज

१८, भाद्र २०७७
वामदेव राष्ट्रियसभा सदस्यमा सिफारिस
images

काठमाडौं । सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बसेको पार्टीको सचिवालय बैठकमा सो कुरा जानकारी गराएका हुन्।

‘प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतम पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिश हुने बैठकलाई जानकारी गराउनुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

यसअघि फागुन १४ गते पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो।

images
प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १९:१८:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology