काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो ।
यस सँगै अब पेट्रोलको मूल्य प्रति लिटर १०७ रुपैयाँ पर्ने छ। तर निगमले डिजेल, मट्टीतेल, हवाई इन्धन र खान पकाउने ग्यासको मूल्य भने यथावत नै राखेको छ ।