Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कास्कीमा लकडाउन खुल्यो, सवारी समेत चल्ने

कास्कीमा लकडाउन खुल्यो, सवारी समेत चल्ने

दैनिकी न्यूज

१२, भाद्र २०७७
कास्कीमा लकडाउन खुल्यो, सवारी समेत चल्ने
images

कास्की । काठमाडौंमा निषेधाज्ञाको समय बढाइरहेका बेला प्रमुख पर्यटकीय शहर पोखरा समेत रहेको कास्की जिल्लाले भने शनिबारदेखि निजी यातायात चलाउने दिने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार राति १२ बजेदेखि भदौ २० गते राति १२ बजेसम्म निजी सवारी साधन तथा टयाक्सी जोर–बिजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको हो । यसअघि भदौ २ गते रातिदेखि भदौ १२ गते रातिसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको थियो ।
नयाँ निर्णयले शनिबारदेखि एकहप्तासम्म बिहान ६ बजेदेखि साँझ ९ बजेसम्म जोर–बिजोर प्रणालीमा निजी सवारी साधन र टयाक्सी सञ्चालन गर्न पाइनेछ ।

यात्रुबाहक यातायात चलाउन भने अझै दिइएको छैन । सो अवधिमा होटल तथा रेस्टुरेन्टले साँझ ७ बजेसम्म ‘टेक–अवे’ सेवा दिन सक्ने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।

कास्कीमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, निर्माण तथा उद्योग भने यसअघि नै स्वास्थ्य सुरक्षा मापदण्ड सञ्चालन गर्न दिइएको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - २१:१३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology