Logo

आइतवार, आश्विन २५ गते २०८३

images

काठमाडौं केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुश

काठमाडौं केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुश

दैनिकी न्यूज

१०, भाद्र २०७७
काठमाडौं केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुश
images

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २ दशमलव ९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।


यस अघि मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४।७ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १५:१९:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology