Logo

आइतवार, आश्विन २५ गते २०८३

images

अभिषेक भारतीय फुटबल क्लबमा आबद्ध

अभिषेक भारतीय फुटबल क्लबमा आबद्ध

दैनिकी न्यूज

५, भाद्र २०७७
अभिषेक भारतीय फुटबल क्लबमा आबद्ध
images

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लब मोहमेदन एससीमा आवद्ध भएका छन् । मोहमेदन भारतको कोलकाताको पुरानो क्लब हो । चन्द ब्रदर्स प्रालिको पहलमा रिजाललाई दोस्रो डिभिजनको लिग खेल्ने उक्त क्लबमा तीन वर्षका लागि आवद्ध भएका हुन् । रिजाल एसियन कोटाबाट टोलीमा आवद्ध हुन सफल भएको चन्द ब्रदर्सका रविन्द्र चन्दले जनाकारी दिए । रिजालले पाउने पारिश्रमिकबारे भने केही खुलाइएको छैन ।

रिजालले यसअघि माल्दिभ्सको दोस्रो डिभिजनको क्लबबाट फुटबल खेलिसकेका छन् । उनीसित नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लबबाट खेलेको लामो अनुभव छ । आफुले पाएको अवसरको सदुपयोग गर्ने रिजालले बताए । भारतको दोस्रो डिभिजन लिग खेलिरहेको मोहमेदन एफसीलाई लिगको शीर्ष स्थानमा पुरयाउन सक्दो मेहनत गर्ने उनले बताए ।

कोरोना महामारीका कारण रोकिएको उक्त लिग यही महिनादेखि शुरु हुँदैछ । बन्द रंगशालामा लिग आयोजना गर्ने तयारी छ । रिजाल बिहीबार भारतको कोलकातातर्फ लागेका छन् ।

images
प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - ०८:००:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology