Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मन्त्री यादवको इमाडोलमा रहेको घरमा चोरी

मन्त्री यादवको इमाडोलमा रहेको घरमा चोरी

दैनिकी न्यूज

३, भाद्र २०७७
मन्त्री यादवको इमाडोलमा रहेको घरमा चोरी
images

ललितपुर । २ नं. प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको ललितपुर इमाडोलस्थित घरमा मंगलबार राती चोरी भएको छ ।

महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोलस्थित बोजेपोखरीमा रहेको उनको घरमा चोरी भएको हो । चोरले १ लाख ८५ हजार नगद र दुई सेट मोबाइल चोरेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

अर्को कोठामा सुतेका मन्त्री यादवका आफन्तको कोठाबाट पनि चोरी भएको शर्माले जानकारी दिए ।

अहिलेसम्म यस घटनामा कोही पक्राउ परिसकेका छैनन् । प्रहरीले चोरको खोजी गरिरहेको र यससम्बन्धी थप अनुसन्धान गरिरहेको डीएसपी शर्माले बताए ।

images
प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - १८:४५:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology