Logo

आइतवार, आश्विन २५ गते २०८३

images

अपहरणको आरोपमा ललितपुरको इमाडोलबाट कारसहित ५ जना पक्राउ

अपहरणको आरोपमा ललितपुरको इमाडोलबाट कारसहित ५ जना पक्राउ

दैनिकी न्यूज

२, भाद्र २०७७
अपहरणको आरोपमा ललितपुरको इमाडोलबाट कारसहित ५ जना पक्राउ
images

ललितपुर । अपहरणको अरोपमा प्रहरीले ५ जनालाई अपहरण गर्न प्रयोग गरिएको कारसहित सोमबार राति इमाडोलबाट नियन्त्रण लिएको हो ।

सोमबार राती ९ बजे काठमाडौंको डल्लुबाट अपहरणमा परेको भन्दै किसन डगौराले महानगरी प्रहरी कार्यालय रानीपोखरीमा फोन गरेको प्रहरी उच्च स्रोतले बतायो । घटना थाहा हुनसाथ सिआईबिको टोलीले प्रयोग भएको मोबाइलको लोकेशन हेर्दा ललितपुर देखिएको थियो । सिआईबी र ललितपुर प्रहरीले संयुक्त रुपमा अपरेशन गर्दा वा १२ च १६१७ नम्बरको रातो कारसहित ललितपुरको इमाडोल स्थित कृष्णमन्दिरबाट ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाली टीकापुर घर भई हाल काठमाडौं डल्लु बस्ने वर्ष ४१ को किसन डगौरा, टिकापुर घर भै हाल ललितपुर टीकाथली बस्ने वर्ष ३३ को निर्प सोडारी, ललितपुर टीकाथलीका वर्ष ४८ का लाल बहादुर रावल, टीकाथलीकै वर्ष २० का सम्राट रावल, बारा जिल्ला घर भई हाल टीकाथली बस्ने वर्ष २७ को नविन खड्का, आछाम जिल्ला रामारोसन गाउँपालिका वडा नं. १ घर भई हाल ललितपुर महालक्ष्मी–८ लुभु बस्ने वर्ष ३८ को गणेश बहादुर साउद रहेका छन् । यसको पुष्टि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशिल यादवले पुष्टि गरेका हु्न ।

किसन डगौरालाई पक्राउ नगरिएको, उनको सुरक्षाको लागि प्रहरीमा राखिएको प्रहरीले बतायो । अपहरणमा संलग्न सबै अहिले महानगरीय प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुबीच लेनदेन भएको प्रहरीले बताएको छ । उनीहरुबीच करिब ५५ लाखको लेनदेन भएको स्रोतले दैनिकीन्युजलाई बतायो । यसबारे थप अनुसन्धान गरिरहेको यादवले बताए ।

 

images
प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - ०८:२४:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology