Logo

आइतवार, आश्विन २५ गते २०८३

images

वाणिज्य विभागका नायब सुब्बा १० हजार घुससहित पक्राउ

वाणिज्य विभागका नायब सुब्बा १० हजार घुससहित पक्राउ

दैनिकी न्यूज

१, भाद्र २०७७
वाणिज्य विभागका नायब सुब्बा १० हजार घुससहित पक्राउ
images

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलका नायब सुब्बा शिवशंकर महतो १० हजार घुससहित पक्राउ परेका छन् ।

नायब सुब्बा महतोले फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिएर आएका सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

१० हजार घुस रकम लिएको अवस्थामा कार्यकक्षबाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

images
प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १६:५१:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology