Logo

सोमवार, श्रावण २५ गते २०८३

images

‘डिएसपी र असई हौँ‌’ भन्दै होटलमा सित्तैमा भात खाने र रकम असुल्ने दुई जना पक्राउ

‘डिएसपी र असई हौँ‌’ भन्दै होटलमा सित्तैमा भात खाने र रकम असुल्ने दुई जना पक्राउ

दैनिकी न्यूज

१९, श्रावण २०७७
‘डिएसपी र असई हौँ‌’ भन्दै होटलमा सित्तैमा भात खाने र रकम असुल्ने दुई जना पक्राउ
images

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन्।

नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिकरुपमा रकम दिनुपर्छ भनी धम्क्याउँदै आएका प्रनाउ खड्काले बताए।

यसैगरी मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनी जाहेरी परेकाले पक्राउ गरिएको खड्काले बताए।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को कसुरमा मुद्दा दर्ता गरिएको छ। उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

images
प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - ०७:५३:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology