Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुन तस्करीमा मुछिएका प्रहरी जवान श्रेष्ठको कोठाबाट १ किलो सुन भेटियो

सुन तस्करीमा मुछिएका प्रहरी जवान श्रेष्ठको कोठाबाट १ किलो सुन भेटियो

दैनिकी न्यूज

१६, श्रावण २०७७
सुन तस्करीमा मुछिएका प्रहरी जवान श्रेष्ठको कोठाबाट १ किलो सुन भेटियो
images

काठमाडौँ । प्रहरी जवान प्रशन्न श्रेष्ठको डेरामा एक किलो सुन फेला परेको छ । महानगरीय प्रहरी परीसर काठमाडौँले नारायणस्थानस्थित डेरामा फेला परेको सुन जस्तै देखिने पँहेलो धातु बारमद गरेको हो ।

श्रेष्ठ साढे १४ केजी चाँदी र आधाकिलो विवादास्पद सुन अप्रेशनमा मुछिएका छन् । सो अप्रेशनको कमाण्ड दरबारमार्गका डीएसपी रन्जन दाहालले गरेका थिए । जवान प्रशन्नलाई दरबारमार्ग वृतको हिरासतमा राखेर आन्तरिक अनुसन्धान शुरु गरिएको छ ।

त्यसैगरी साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् । चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । उनी न्यूरोडको सुन पसलमा काम गर्छन् ।

images
प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - १२:५४:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology