Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको ढुंगेसाँगुका तामाङको हत्यामा संलग्न रहेको अभियोगमा एक पक्राउ

ललितपुरको ढुंगेसाँगुका तामाङको हत्यामा संलग्न रहेको अभियोगमा एक पक्राउ

दैनिकी न्यूज

१६, श्रावण २०७७
ललितपुरको ढुंगेसाँगुका तामाङको हत्यामा संलग्न रहेको अभियोगमा एक पक्राउ
images

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ४ ढुङ्गेसाँगुमा काभ्रे धुलिखेल नगरपालिका वडा नं. ११ भकुण्डेबेँशीका ५४ वर्षीय कामी सिंह तामाङको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले आफन्तको डेरा कोठामा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

आवश्यक कारवाहीको लागि मैनालीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेलाई बुझाइएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता एसपी तुल बहादुर कार्कीले बताए ।

images
प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - १२:४१:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology