Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लागुऔषध कारोबार गरेको भन्दै प्रहरी निरीक्षक शाही पक्राउ

लागुऔषध कारोबार गरेको भन्दै प्रहरी निरीक्षक शाही पक्राउ

दैनिकी न्यूज

११, आषाढ २०७७
लागुऔषध कारोबार गरेको भन्दै  प्रहरी निरीक्षक शाही पक्राउ
images

ललितपुर । प्रतिबन्धित लागू औषध कारोबारमा मिलेमतो गरेको अभियोगमा ललितपुरका एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई बिहीबार नियन्त्रणमा लिएको हो । ब्यूरोका अनुसार उनलाई ललितपुर प्रहरी परिसरबाटै नियन्त्रणमा लिइएको हो । लागुऔषध कारोबारीसँग नियमित सम्पर्कमा रहेको र उनीहरूलाई सहयोग गरेको उनीमाथि आरोप छ । शाही महानगरीय प्रहरी वृत्त सातदाबाटोबाट केही दिनअघि मात्र ललितपुर प्रहरी परिसरमा तानिएका थिए । उनी महानगरीय प्रहरी परिसर ललितपुरको अपरेशन शाखामा कार्यरत छन्।

rudra.jpg

इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत हुँदा कार्यालय समयमा प्रहरीको आचरण विपरित कार्य गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको थियो र पछि उनको सरुवा महानगरीय प्रहरी वृत्त सातदाबाटोमा भएको थियो ।

images
प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - १४:१७:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology