Logo

आइतवार, श्रावण २४ गते २०८३

images

करण केसीको विष्फोटक ब्याटिङमा नेपालको जित

करण केसीको विष्फोटक ब्याटिङमा नेपालको जित

दैनिकी न्यूज

२०, जेठ २०८२
करण केसीको विष्फोटक ब्याटिङमा नेपालको जित
images

काठमाडौं । करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा रोमाञ्चक जित हात पारेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएको हो ।

२९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले सानदार अर्धशतक प्रहार गरे । ४१ बलको सामना गरेका करणले तीन चौका र चार छक्कासहित ६५ रन बनाए ।

त्यसअघि आजको खेलमा नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले सानदार अर्धशतक प्रहार गरे । ४४ बलको सामना गरेका उनले ११ चौकासहित ५३ रन बनाए । अर्का ओपनर आसिफले ३३ बलमा २० रन बनाए ।

त्यसपछि नेपालको ब्याटिङ सम्हाल्न आएका भीम सार्की र कप्तान रोहित पौडेलले पनि सन्तोषजनक प्रदर्शन गरे । सार्कीले ४८ बलमा ४० रन बनाउँदा कप्तान पौडेल ३७ रन पेभेलियन फर्किए । यस्तै विस्फोट ब्याटिङ गरेका गुल्शन झाले ३० बलमा तीन चौका र तीन छक्कासहित ४२ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ९६ रन बनायो ।

स्कटल्याण्डका लागि चार्ली टेयरले सवार्धिक ८० रन बनाए । ७२ बलको सामना गरेका उनले १२ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, फिन्ले म्याकरिथले ५५ रन जोडे ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिएका थिए । जितसँगै नेपाल सातौं स्थानमा उक्लिएको छ भने पराजित भएको स्कटल्याण्ड चौथो स्थानमा यथावत् छ ।

images
प्रकाशित मिति :जेठ २०, २०८२ मंगलवार - ०६:२०:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology