Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

नेदरल्याण्ड्सद्वारा नेपाललाई १३७ को लक्ष्य प्रस्तुत

नेदरल्याण्ड्सद्वारा नेपाललाई १३७ को लक्ष्य प्रस्तुत

दैनिकी न्यूज

५, फाल्गुण २०८०
नेदरल्याण्ड्सद्वारा  नेपाललाई १३७ को लक्ष्य प्रस्तुत
images

काठमाडौं । बलिङमा कुशल भुर्तेल चम्किएको खेलमा आईसीसी वल्ड कप लिग टूमा नेदरल्याण्ड्स १ सय ३७ रनमा अलआउट भएको छ ।

कीर्तिपुर मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा १ सय ३७ रनमा आलआउट भएको हो ।

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए ।

त्यस्तै ललित राजवंशीले ले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले नेपाललाई खेलमा पहिलो विकेट दिलाउँदा कप्तान रोहित पौडेलले समेत एक विकेट लिए ।

नेदरल्याण्ड्सको इनिङ्समा कप्तान स्कट एडवर्डसले सर्वाधिक ३३ रन बनाए । उनलाई भुर्तेलले बोल्ड गरेका थिए । बास डी लिडे २७ र साइब्रान्ड एनगेलब्रेक्टले २३ रनको योगदान दिए । अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन सकेन ।

दुवै टिम सन् २०२७ को विश्वकप छनोटको रुपमा रहेको लिग टूको प्रतिस्पर्धामा उत्रिएका हुन् । नेपालले पहिलो खेल नामिबियासँग गुमाएको थियो । नेपाल लिग टूमा पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८० शनिवार - १२:४६:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology