Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

त्रिदेशीय टी–२० शृङ्खला नखेल्ने सन्दीपको घोषणा

त्रिदेशीय टी–२० शृङ्खला नखेल्ने सन्दीपको घोषणा

दैनिकी न्यूज

२६, आश्विन २०८०
त्रिदेशीय टी–२० शृङ्खला नखेल्ने सन्दीपको घोषणा
images

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले त्रिदेशीय टी–२० श्रृङ्खला नखेल्ने घोषणा गरेका छन् ।

आउँदो कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाका लागि नाम फिर्ता लिने निर्णय गरेको उनले जानकारी दिएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल, यूएई र हङकङबीच शृङ्खलाको आयोजना गरेको छ । तर लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू कठिन परिस्थितिबाट गुज्रिरहेकोले खेलमा सहभागी हुन नसक्ने बताएका छन् ।

कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ । समूह चरणका खेल मूलपानी क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपालले आफ्नो पहिलो खेल कात्तिक १ गते यूएईसँग, दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ ।

यस्तै, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।

images
प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - ०८:१८:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology