Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

दशैँको टिकाको लागि शुभ साइत सार्वजनिक

दशैँको टिकाको लागि शुभ साइत सार्वजनिक

दैनिकी न्यूज

१६, आश्विन २०८०
दशैँको टिकाको लागि शुभ साइत सार्वजनिक
images

काठमाडौं । यस वर्ष विजयादशमी (दशैंको टीका) को साइत कार्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार त्यस दिन बिहान १० बजेर ३७ बजे देवी विसर्जन गरी ११ः२ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने छ ।

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले उल्लेख गरेको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - १९:०२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology