Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

युएईलाई हराउदै नेपाल एसिया कपमा छनोट

युएईलाई हराउदै नेपाल एसिया कपमा छनोट

दैनिकी न्यूज

१९, बैशाख २०८०
युएईलाई हराउदै नेपाल एसिया कपमा छनोट
images

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो ।

युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले ।

गुलसनले भीम सार्कीसँग मिलेर चौथो विकेटका लागि ९२ रनको अविजित साझेदारी गरेका थिए । भीमले ७२ बलमा ३६ रनमा अविजित रहेका थिए ।

सुरुआत राम्रो हुन नसकेको नेपालका दुवै ओपनर सस्तैमा आउट भएका थिए । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा रोहन मुस्तफाले एलबीडब्लु धरापमा पारे ।

अर्का ओपनर आसिफ शेखले आयान खानको बलमा ८ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल रोहन मुस्तफाको बलमा १ रनमा बोल्ड आउट भए ।

युएईका लागि रोहन मुस्तफाले २ तथा आयान खानले १ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो ।

images
प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - ११:५२:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology