Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

विश्वकप लिग टूः यूएईसँग नेपाल पराजित

विश्वकप लिग टूः यूएईसँग नेपाल पराजित

दैनिकी न्यूज

१८, फाल्गुण २०७९
विश्वकप लिग टूः यूएईसँग नेपाल पराजित
images

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईसँग पराजित भएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ६८ रनले पराजित भएको हो ।


यूएईले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालले ३१ ओभर ५ बलमा अलआउट हुदै १ सय ३९ रन बनायो ।

नेपालका लागि कुशल मल्लले ५३ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले ।

सन्दीप लामिछाने २६ रनमा अविजित रहँदा आसिफ शेखले १७ रन बनाए ।

नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जितपछि युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।

पराजित नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७९ बिहिवार - १८:३७:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology