Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अब दशैंयता विद्यालय नखुल्ने

अब दशैंयता विद्यालय नखुल्ने

दैनिकी न्यूज

२३, श्रावण २०७७
अब दशैंयता विद्यालय नखुल्ने
images

काठमाडौं । दशैंयता विद्यालय तथा विश्वविद्यालय नखुल्ने भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काल विद्यालय खोल्ने स्थिति नभएको बताएपछि दशैंयता विद्यालय नखुल्ने स्पष्ट भएको हो ।

‘जोखिम बढेकाले विद्यालय तत्काल खोल्ने स्थिति छैन,’ डा। खतिवडाले मन्त्रिपरिषदको सोमबार बसेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने, ‘जोखिम बढ्दैछ सावधानी अपनाउनुपर्ने हुन्छ ।’ उनले सकेसम्म घरबाहिर ननिस्कन पनि आग्रह गरे ।

यसअघि सरकारले १ भदौबाट विद्यालयको भर्ना शुरु गर्ने निर्णय गरेको थियो । भर्ना शुरु गर्ने निर्णयसँगै विद्यालयमा पठनपाठन हुनसक्ने भन्दै सक्रियता बढेको थियो । तर, सरकारका तर्फबाट पछिल्लो धारणासँगै विद्यालय दशैंयता नखुल्ने निश्चितप्रायः भएको छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०७७ शुक्रवार - ०७:१८:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology