Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजबाट शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द

आजबाट शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द

दैनिकी न्यूज

१, श्रावण २०७७
आजबाट शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द
images

काठमाडौँ । आफ्ना मागको कार्यान्वयनमा सरकारका तर्फबाट कुनै चासो नदिएको भन्दै निजी शैक्षिक संस्थाका सञ्चालकहरूले बिहीबारदेखि शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द गर्ने घोषणा गरेका छन् । यसबाट विगत तीन महिनादेखि निजी विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन कक्षा लगायतका सिकाइका क्रियाकलाप पूर्णरूपमा बन्द हुने भएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन।प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कक्षा बन्द गर्ने घोषणा गरेका हुन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरी यी दुई संस्थाले मासिक शिक्षण शुल्क, अनलाइन शुल्क लगायतका विषयमा सरकारले कुनै निर्णय नलिएकाले बाध्य भएर अनलाइन कक्षा बन्द गर्नु परेको जनाएका छन् । एन।प्याब्सनका अध्यक्ष सापकोटाले तीन महिनाको अवधिमा पनि मन्त्रालयले आफूहरूका समस्या समाधानमा ध्यान नदिएपछि विरोधस्वरूप अनलाइन कक्षा बन्द गरिएको बताउनुभयो । ‘‘कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि तीन महिना अनलाइन कक्षा सञ्चालन गरियो, अब थेग्न सक्ने अवस्था भएन शुल्कको निधो नहुँदा घरभाडा, बैङ्कको ब्याज, किस्ता तिर्न नसकेपछि कक्षा बन्द गर्न बाध्य भयौँ’’, अध्यक्ष सापकोटाले बताउनुभयो ।

यसबीचमा आफूहरूले अभिभावकबाट अनलाइन कक्षाको कुनै शुल्क नलिएको जानकारी निजी विद्यालयका सञ्चालकले जानकारी दिएका छन् । अनलाइन कक्षा सञ्चालन गर्दा विद्यालयका सञ्चालकलाई धेरै दायित्व थपिएको तर अभिभावक शुल्क तिर्न आउँदा पनि शुल्क लिन नसकिएको भन्दै अध्यक्ष सापकोटाले आफूहरू बाध्य भएर यो निर्णयमा पुगेको बताउनुभयो ।

गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - ०६:१०:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology