Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम

कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम

दैनिकी न्यूज

१६, आषाढ २०७७
कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम
images

काठमाडौँ । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको हो ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिने जानकारी दिनुुभयो । “त्यसका लागि आवश्यक तयारी भइरहेको छ”, उहाँले भन्नुुभयो । कक्षा १ मा पनि यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्ने तयारी छ । त्यसअनुसार अब कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्नुपर्नेछ । नयाँ पाठ्यक्रमअनुुसार अब नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्नेछ ।
यसअघि कक्षा ११ मा नेपाली र अङ्ग्रेजी गरी दुई विषय मात्रै अनिवार्य थियो । ऐच्छिक विषय भने तीनवटा नै रहनेछन् । विद्यार्थीले चाहेमा एक सय पूर्णाङ्कको थप एक विषयको परीक्षासमेत दिन पाउनेछन् ।
अनिवार्य तीनवटा विषयको पाठ्यपुस्तक लेखन कार्य चलिरहेको बताइएको छ । यी विषयका पुस्तक सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित हुनेछन् । यसअघि कक्षा ११ को पाठ्यपुस्तक सरकारी प्रयासमा लेख्ने र पुस्तक छाप्नेसमेत गरिएको थिएन । खासगरी कक्षा १२ सम्मलाई विद्यालय तह मानिएपछि अनिवार्य विषयको हकमा पाठ्यपुस्तक लेखाउने परिपाटी सुरु गरिएको हो ।
ऐच्छिक विषयका हकमा विज्ञहरूलाई पाठ्यपुस्तक लेख्न आग्रह गरिएको र पुस्तक अध्ययन गरी स्वीकृति दिइने जानकारी महानिर्देशक दाहालले दिनुभयो । त्यसका लागि असारसम्म पाठ्यपुस्तककोे नमुना पठाउने र स्वीकृति लिन सक्ने समयावधि दिइएको छ । यसका साथै कक्षा ११ को अनिवार्य गर्न लागिएको सामाजिक अध्ययनको माध्यमसमेत नेपाली हुने भएको छ । सामाजिकमा नेपाली कला, संस्कृति र मौलिक पहिचानमूूलक विषयवस्तुको पठनपाठनका लागि नेपाली नै उपयुक्त हुने सुझावका आधारमा यस खालको निर्णयमा पुगिएको जानकारी अधिकारीहरूले दिएका छन् ।
पाठ्यपुस्तक लेखकहरूले भने कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गरिने निर्णय सामयिक भएको तर पाठ्यपुस्तक लेखनलाई सरकारी स्तरमा मात्रै सीमित गर्न नहुने सुझाव दिनुभएको छ । पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले पाठ्यपुस्तक लेखनमा प्रतिस्पर्धात्मक वातावरण बनाइनुपर्ने स्पष्ट गर्दै यसले विद्यार्थीको ज्ञानको दायरा वृद्धि हुने बताउनुभयो ।
गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ १६, २०७७ मंगलवार - ०६:०६:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology