Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना महामारीको बेवास्ता गर्दै नयाँ शैक्षिकसत्रको पाठ्यपुस्तक वितरण

कोरोना महामारीको बेवास्ता गर्दै नयाँ शैक्षिकसत्रको पाठ्यपुस्तक वितरण

दैनिकी न्यूज

२, आषाढ २०७७
कोरोना महामारीको बेवास्ता गर्दै नयाँ शैक्षिकसत्रको पाठ्यपुस्तक वितरण
images

ललितपुर । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड–१९ सङ्क्रमणको पर्वाह नगरी दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यहाँका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । नयाँ शैक्षिकसत्रको अध्ययन तथा अध्यापनलाई जोड दिन वाग्मतीले सो कदम पूर्ण गरेको हो ।

वाग्मतीका कूल ४७ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्ने काम सम्पन्न भइसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुमार चौलागाईँले बताए । उनले भने– ‘भौगोलिक विकटताका कारण हाम्रो गाउँपालिकाभित्र इन्टरनेटको पहुँच एकदमै कम छ । बालविकास केन्द्र तहदेखि माध्यमिक तहसम्म अध्ययनरत करीब ३ हजार ८ सय सामुदायिक विद्यालयका बालबालिकालाई हामीले पुस्तक वितरण गरेका हौं । यहाँ हालसम्म एउटा पनि निजी विद्यालय सञ्चालनमा आएका छैनन् ।’

घरघरमै बसेर विद्यार्थीले अध्ययनलाई निरन्तरता दिऊन् र बालबालिकाको शिक्षामा हालको स्थितिले बाधा नपुगोस् भन्ने गाउँपालिकाको ध्येय रहेको चौलागाईँले जानकारी दिए ।

सामाजिक सञ्जालको पहुँच कम
गाउँपालिकाका चारपाँच विद्यालयमा मात्र सामाजिक सञ्जालको पहुँच भएकाले हरेक विद्यार्थीलाई शिक्षामा जोड दिन ‘अभ्यास पुस्तिका’ नामक व्यावहारिक तथा समुदायमा आधारित पुस्तिका प्रकाशन गर्ने योजना बनाइएको शिक्षक चौलागाईँले बताए । उनले थपे– गाउँपालिकाका हरेक विद्यार्थीको हातहातमा अबको १५ दिनभित्र सो पुस्तिका दिने निर्णय गरेका छौं ।’ हरेक बिद्यालयले लिने आवधिक परीक्षामा सो पुस्तकमा उल्लिखित केही प्रश्न पनि सोधिने चौलागाईँले जानकारी दिए ।

विद्यालयमा सिसी क्यामेरा
गाउँपालिकाले केही दिनअघि वडा नं ३ स्थित भट्टेडाँडा आधारभूत विद्यालयमा चार सिसी क्यामेरा जडान गरेको छ । गत वर्ष वडा नं २ माल्टामा रहेको कालीदेवी माध्यमिक विद्यालयमा एउटा क्यामेरा जडान गरिएको थियो । गाउँपालिकामा रहेका कूल १० माध्यमिक तहका विद्यालयमा पनि क्यामेरा जडान भइसकेको अध्यक्ष वीरबहादुर लोप्चनले बताए । रासस

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - १४:४१:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology