Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अभिभावकसँग शुल्क असुल्दै क्याम्पियन र युलेन्स स्कूल

अभिभावकसँग शुल्क असुल्दै क्याम्पियन र युलेन्स स्कूल

दैनिकी न्यूज

२२, जेठ २०७७
अभिभावकसँग शुल्क असुल्दै क्याम्पियन र युलेन्स स्कूल
images

लतितपुर । लकडाउन कारण विद्यालयमा पठन पाठन नभएकोले कुनै शुल्क नउठाउन सरकारले विद्यालय सञ्चालकलाई भने पनि उनीहरुले नपढाएको अवधिको समेत शुल्क तिर्न धमाधम बिल पठाइरहेको तथ्य दैनिकीन्युजले फेला पारेको छ ।

ललितपुर जिल्लामा सञ्चालित केही विद्यायलयले अभिभावकलाई बैंक नम्बर समेत दिएर पत्र र म्यासेज नै पठाएको दैनिकीन्युजलाई प्राप्त भएको छ ।

क्याम्पियन स्कूलले नविल बैंकमा पैसा जम्मा गर्न म्याद समेत तोकेको छ । सो विद्यालयका तर्फबाट सहायक प्रिन्सिपलले पठाएको सन्देशमा बैंकमा पैसा जम्मा गर्दा भौतिक दूरी कायम गर्न समेत आग्रह गरिएको छ । बैंकमा नगए इसेवा अथवा स्कूल प्रशासनमा आएर विहान १० बजेदेखि १ बजेभित्र शुल्क बुझाउन समेत भनिएको बताइएको छ ।

campion.jpg

सरकारले चैत्र ११ गतेदेखि निरन्तर लकडाउन गरिरहेको छ । ७२ दिनसम्म कुनै पनि विद्यालयमा विद्यार्थीको पठन पाठन भएको छैन तर, यही समयमा अभिभावकबाट विद्यालय सञ्चालकले विभिन्न नाममा पैसा जम्मा गर्न भने दबाब दिइरहेका छन् ।

अनलाईन कक्षा सञ्चालन गरेर पनि शुल्क माग गरिएको अभिभावकहरुले दैनिकीन्युजलाई बताए । शिक्षा मन्त्रालयले लकडाउनका बेला पठनपाठन नभएकाले शुल्क नमाग्न देशैभरका स्कूललाई निर्देशन गरेको थियो ।

त्यस्तै खुमलटारमा रहेको युलेन्स स्कूलले पनि बैशाखदेखि असारसम्मको शुल्क अनिवार्य तिर्न निर्देशन दिएको छ । स्कूलले आकस्मिक कोष लगायत विभिन्न बहानामा चैत पूरै शुल्क लिइसकेको छ भने, बैशाखदेखि असारसम्मको २० प्रतिशत घटाएर शुल्क मागेको अर्का अभिभावकले बताए । स्कूलले गतमहिनादेखि दैनिक डेढ घण्टा अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ ।

शिक्षा मन्त्रालयले लकडाउनका बेला पठनपाठन नभएकाले शुल्क नमाग्न देशैभरका स्कूललाई निर्देशन गरेको थियो ।

ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख महेन्द्र क्षेत्रीले लकडाउनले समयमा कुनै पनि बहानामा शुल्क लिन नहुने बताए । लिएको भए कारवाही गर्ने उनले बताए ।

images
प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - १४:४०:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology