Logo

सोमवार, श्रावण २५ गते २०८३

images

असार १ अघि नै पुस्तक पुर्याइने

असार १ अघि नै पुस्तक पुर्याइने

दैनिकी न्यूज

२१, जेठ २०७७
असार १ अघि नै पुस्तक पुर्याइने
images

काठमाडौँ । विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीको हातमा असार १ अघि नै पाठ्यपुस्तक पु¥याइने भएको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले बन्दाबन्दीमा घरमै रहेका बालबालिकालाई वैकल्पिक विधिबाट पढाउने घोषणा गरेसँगै जनक शिक्षा सामग्री केन्द्रले विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने जनाएको हो ।

केन्द्रका महाप्रबन्धक महेश तिमिल्सिनाले सरकारको कार्यक्रम सफल बनाउन आफूहरू विद्यार्थीको हातमा पुस्तक पु¥याउन प्रयत्नशील रहेको बताउनुभयो । वैकल्पिक विधिबाट अध्यापन गरिएको अवस्थामा पनि विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्न सकेको खण्डमा विद्यार्थीको सिकाइ राम्रो हुने भएकाले पुस्तक पु¥याउने योजनामा आफूहरू रहेको उहाँको भनाइ छ ।

कोरोना सङ्क्रमण कायमै रहेको अवस्थामा पनि विद्यार्थीको सिकाइ निरन्तर हुन सक्छ भन्ने मान्यताका आधारमा बन्दाबन्दीकै अवस्थामा समेत पुस्तक छपाइलाई निरन्तरता दिएको उहाँले जनाउनुभयो । यसका साथै सरकारसित विशेष अनुमति लिएर पुस्तक ढुवानीसमेत व्यवस्थित गर्दै मातहतका कार्यालयमा पु¥याउन केन्द्र सफल भएको महाप्रबन्धक तिमिल्सिनाले बत९ाउनुभयो ।

प्रकाशित सबै पुस्तक मातहतका कार्यालयमा पुगिसकेको जानकारी उहाँले दिनुुभयो । केन्द्रले यसै शैक्षिक सत्रका लागि हालसम्म एक करोड ९५ लाख थान पुस्तक छपाइ गरिएको जनाएको छ ।

छापिएका पुस्तकले विद्यार्थीलाई पुग्ने स्पष्ट गर्दै महाप्रबन्धक तिमिल्सिनाले पुस्तक अपुग भएको अवस्थामा आफूहरूले एक साताभित्र त्यसको प्रबन्ध मिलाउने दाबी गर्नुभयो ।

अब विद्यालयले पुस्तक लगेको अवस्थामा विद्यार्थीलाई नयाँ पुस्तक पाउन कुनै समस्या नहुने उहाँको भनाइ छ । विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन आवश्यक पर्ने बजेट सरकारले यसअघि नै विद्यालयहरूमा पठाइसकेको छ ।

गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - ०६:०१:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology