Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माग पूरा नभएको भन्दै त्रिविका आंशिक प्राध्यापकले गरे नपढाउने निर्णय

माग पूरा नभएको भन्दै त्रिविका आंशिक प्राध्यापकले गरे नपढाउने निर्णय

दैनिकी न्यूज

१९, जेठ २०७७
माग पूरा नभएको भन्दै त्रिविका आंशिक प्राध्यापकले गरे नपढाउने निर्णय
images

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरूले आफूहरूले पढाएको पारिश्रमिक नपाएको भन्दै आइतबारदेखि विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।

लामो समयदेखि पारिश्रमिक नपाएको तथा बन्दाबन्दीको समयावधिको शैक्षिक भत्ता नपाएसम्म आफूहरू अध्यापनमा नफर्कने उनीहरूले अडान लिएका छन् ।

नेपाल आंशिक प्राध्यापक सङ्घका अध्यक्ष डा। महेशकुमार गजुरेल, महासचिव केशव चन्द र पारिश्रमिक लगायत भत्ता प्राप्ति अभियानका संयोजक नरेन्द्रप्रसाद भण्डारीले संयुक्त विज्ञप्ति जारी गरी विश्वविद्यालयको आंशिक प्राध्यापकका लागि यसअघि भएका सहमति कार्यान्वयनको माग गरेका छन् ।

भोको पेटले आफूहरूले काम गर्न नसक्ने भन्दै उहाँहरूले माग पूरा भएपछि मात्रै नियमित सेवामा फर्कने जनाएका छन् ।

विश्वविद्यालयले भने आंशिक शिक्षकको पारिश्रमिक भुक्तानी क्याम्पसबाटै हुने जनाएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले अनलाइनबाट अध्यापन गराएको भए पनि आंशिक शिक्षकहरूले पारिश्रमिक पाउने निर्णय गरिएको जानकारी दिए ।

गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - ०६:१५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology