Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पठनपाठन असार १ गतेबाट सुरु हुने

पठनपाठन असार १ गतेबाट सुरु हुने

दैनिकी न्यूज

१८, जेठ २०७७
पठनपाठन असार १ गतेबाट सुरु हुने
images

काठमाडौं । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले लामो समयदेखि जारी बन्दाबन्दी कारण प्रभावित भएको शैक्षिक क्षतिलाई न्युनिकरण गर्न भन्दै असार १ गतेदेखि शैक्षिक क्रियाकलाप सुरु गर्न आव्हान गरेको छ ।

मन्त्रालयले निर्धारण गरेको “बैकल्पिक प्रणलीबाट बिद्यार्थीको सिकाई सहजीकरण गर्ने सम्बन्धी बनेको निर्देशिका २०७७” अनुसार शैक्षिक क्रियाकलाप सुरु गर्न आग्रह गरेको हो ।

आईतबार एक बिज्ञप्ति जारी गर्दै मन्त्रालयले संघ,प्रदेश,स्थानीय तह तथा सबै सरोकारवाला निकायसंग सो आव्हान गरको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, 'बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै यस मन्त्रालयबाट वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७७ जारी गरिएको छ । यस सन्दर्भमा सो निर्देशिकालाई यही १ असार २०७७ देखि कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकायहरू तथा सरोकारवाला सबैलाई हार्दिक आव्हान गर्दछु ।'

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - १९:१३:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology