काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको ४९४औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश बैंकको आगामी साधारणसभामा पेस गरिनेछ ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ ।