Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

११, कार्तिक २०८३
सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार सुनको भाउ प्रतिदश ग्राम २ लाख ४२ हजार २५ रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको भाउ भने घटेको छ । सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँ रहेको चाँदी मंगलबार २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको भाउ प्रतिदश ग्राम ३ हजार ४०४ रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८३ मंगलवार - ११:४२:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology