Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः १३ हजार विद्यालयले आवेदन दिए

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः १३ हजार विद्यालयले आवेदन दिए

दैनिकी न्यूज

१६, माघ २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः १३ हजार विद्यालयले आवेदन दिए
images

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या करिब १३ पुगेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले गत महिना आवेदन माग गरेको थियो । सोअनुसार पुस महान्तसम्म ती विद्यालयले आवेदन दिएका हुन् ।

केन्द्रले आएको आवेदन दिएका विद्यालयको विषयमा छानबिन शुरू गरेको छ । ८ अर्ब ८७ करोड रुपियाँको यो कार्यक्रम एकै वर्षमा खर्च हुने सरकारको महत्वकांक्षी बजेट हो । केन्द्रका महानिर्देशक चूडामणि पौडेलले पुस अन्तिमसम्म आएका आवेदनमाथि छानबिन शुरू भएको जानकारी दिए ।


उनका अनुसार करिब दुई साताभित्र सबै छानबिन गरी निर्देशक समितिको बैठक बस्ने तयारी छ । ‘आवेदनको अध्ययन गरी सर्ट लिस्टिङ गर्नेछौं, त्यसपछि मात्रै निर्णय हुनेछ’ –महानिर्देशक शर्माले भने।


सो कार्यक्रमअन्तर्गत १३ वटा शीर्षकमा बजेट खर्च हुनेछ । केन्द्रका प्रवक्ता एवं सहसचिव डिल्लीराम लुइँटेलले आवेदनमाथि छानबिन गरी मन्त्रालयमा पेस गर्ने जानकारी दिए । उनले भने– ‘सबै विषयमा छनाबिन गर्नेछौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहेको निर्देशक समितिको बैठकले निर्णय गरी कार्यान्वयन गर्नेछ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :माघ १६, २०७८ आइतवार - ०८:२३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology