Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खुल्ने

माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खुल्ने

दैनिकी न्यूज

११, माघ २०७८
माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खुल्ने
images

काठमाडौं । सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय ६ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् ।

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - २१:२३:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology