Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस

माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस

दैनिकी न्यूज

२५, पौष २०७८
माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस
images

काठमाडौं । कोरोना भाइरस (कोभिठ–१९) को संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरिएको छ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकको बैठकले देशभरिका १० कक्षासम्मका विद्यालयमा माघ १५ सम्म हिउँदे बिदा दिन संघीय मामिला मन्त्रालयलाई सिफारस गरेको सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।

आजको बैठकले सिनेमा हल, पार्कलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था लागू गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

‘माघ ३ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप लगाएको प्रमाण अनिवार्य देखाउन सिफारिस गरेका छौं,’ प्रवक्ता नेपालले भनिन्।

सहसचिव नेपालका अनुसार राजनीतिक दलहरूलाई ठूला भेला–कार्यक्रम नगर्न र विभिन्न संघ–संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ।

त्यस्तै २५ जनाभन्दा बढी सहभागी हुने गरी कार्यक्रम आयोजना नगर्न पनि समितिले सिफारिस गरेको छ।

व्यवस्थापन समिति बैठकले स्मार्ट लकडाउनको कार्यविधि अनुसार आफ्नो जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिन पनि भनेको छ।

नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण फेरि तीव्र गतिमा फैलिरहेको छ।

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २०:०६:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology