Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चिसो बढ्दै गएपछि पर्सामा पठनपाठन बन्द

चिसो बढ्दै गएपछि पर्सामा पठनपाठन बन्द

दैनिकी न्यूज

१९, पौष २०७८
चिसो बढ्दै गएपछि पर्सामा पठनपाठन बन्द
images

वीरगञ्ज । शीतलहर सुरू भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ।

गाउँपालिकाले आइतबार सूचना जारी गरी यहीँ पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ।

यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ । महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो ।

ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए। प्रति ज्येष्ठ नागरिकलाई करिब ६ हजार बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ। रासस

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - १०:००:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology