Logo

सोमवार, श्रावण २५ गते २०८३

images

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

दैनिकी न्यूज

२४, मंसिर २०७८
छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द
images

जाजरकोट । सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रा पठनपाठनको समयमा बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ । सो विद्यालयमा ६ देखि १० कक्षासम्मका छात्रा पठनपाठनकै समयमा केही दिनयता अकस्मात बेहोस हुने, चिच्याउने, रुने लगायत समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए ।

बिहीवार १० भन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले जानकारी दिए । केहीबेर बेहोस हुने कराउने गरेपछि आफैँ ठीक हुने गरेको उनले भने । केही समयपछि फेरी अरु छात्रालाई यस्तो समस्या देखिएपछि बिहीबार मध्यान्तरपछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

केही समय अघि विद्यालयको छात्रावासमा बस्ने १२ कक्षामा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी थिइन् । डा।समीक्षा मल्लले छात्रामा देखिएको समस्या मास हिस्टेरिया भएकाले केही दिन विद्यालय बन्द गरेर सम्पर्क विच्छेद गरे विस्तारै समस्या आफैं समाधान हुने बताउँछन् । रासस

images
प्रकाशित मिति :मंसिर २४, २०७८ शुक्रवार - ०७:११:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology