Logo

सोमवार, श्रावण २५ गते २०८३

images

विज्ञको चेतावनीः काठमाडौँमा तत्काल विद्यालय खोले कोरोनाको दोस्रो लहर

विज्ञको चेतावनीः काठमाडौँमा तत्काल विद्यालय खोले कोरोनाको दोस्रो लहर

दैनिकी न्यूज

२५, मंसिर २०७७
विज्ञको चेतावनीः काठमाडौँमा तत्काल विद्यालय खोले कोरोनाको दोस्रो लहर
images

काठमाडौं । काठमाडौँ उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो ल्याउने विज्ञहरुको भनाइ छ ।

उनीहरुले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन् । जाडो याममा कोभिड विस्तारको जोखिमबीच विद्यालय खोल्दा हरेक घरघरमा संक्रमण पुगेर बूढापाका, दीर्घरोगीलगायतमा संक्रमण जटिल बन्न सक्ने चिन्ता उनीहरुले व्यक्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का निर्देशक एवम् भाइरोलजिस्ट डा। वासुदेव पाण्डेले भने, ‘स्कूल जाने बालबालिकामा कोभिडको खासै लक्षण देखिँदैन तर उनीहरु संक्रमित हुनसक्छन् र आफ्नो घर, छरछिमेक तथा समुदायमा सहजै संक्रमण फैलाउन सक्छन् । यसले बिरामीमा जटिलतासँगै मृत्युदर बढाउन सक्छ ।’


राजधानीको सहरी क्षेत्र अझै कोभिडको उच्च जोखिममा रहेको र संक्रमणको दोस्रो लहर आउने सम्भावना समेत कायम रहेको डा। पाण्डले बताए ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :मंसिर २५, २०७७ बिहिवार - ०७:२३:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology