Logo

आइतवार, श्रावण २४ गते २०८३

images

९ महिनापछि ललितपुर महानगरभित्रका विद्यालय खुल्दै

९ महिनापछि ललितपुर महानगरभित्रका विद्यालय खुल्दै

दैनिकी न्यूज

२४, मंसिर २०७७
९ महिनापछि ललितपुर महानगरभित्रका विद्यालय खुल्दै
images

ललितपुर । ललितपुर महानगरले कोरोना भाइरस संक्रमणले झण्डै नौ महिनादेखि बन्द रहेका विद्यालय खोल्न अनुमति दिएको छ ।

महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालयले विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक समिति, वडा कार्यालयसँग समन्वय गरी विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो ।

विद्यालय संचालन गर्दा नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड र विद्यालय सञ्चालन कार्यविधि अपनाएर विद्यालय खोल्न महानगरपालिकाले अनुमति दिएको हो ।

यसैगरी बैठकले स्वास्थ्यविज्ञ सहित महानगरले विद्यालय संचालनको अवस्था थाहा पाउन अनुगमन समितिले अनुगमन समेत गर्ने निर्णय गरेको छ ।

छलफलमा अभिभावक संघका केन्द्रीय अध्यक्ष केशव पुरी, अभिभावक महासंघका सुप्रभात भण्डारी, प्याब्सन, एनप्याब्सन, नेपाल शिक्षक महासंघ महानगरपालिका प्रतिनिधि लगायतको सहभागिता थियो । 

कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले चैतदेखि विद्यालय सञ्चालन गर्न अनुमती दिएको थिएन ।

images
प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - ०९:०१:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology