काठमाडौँ । केहि दिनदेखि लगातार बढी रहेको सुनको मूल्य आइतबारबाट घट्न थालेको छ । आइतबार तोलामा ९ सय रुपैयाले घटेको छापावाल सुनको मूल्य सोमबार फेरि २ सय रुपैयाले घटेको छ । त्यसैगरी मंगलबार पनि ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी ब्यबसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाल सुन प्रति तोला १ लाख १ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य तोलाको १ लाख १ हजार १ सय रुपैयाँ रहेको छ ।
मंगलबार चाँदीको मूल्य बढेको छ । आइतबर तोलामा ५ रुपैयाँले बढेको चाँदी सोमबार तोलामा १५ रुपैयाले घटेको थियो । त्यस्तै आज (मंगलबार) ४० रुपैयाँ बढेको छ ।
आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयामा कारोबार भैरहेको छ ।