Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यसरी भयो एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ बाँडफाँट

यसरी भयो एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ बाँडफाँट

दैनिकी न्यूज

२७, श्रावण २०७७
यसरी भयो एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ बाँडफाँट
images

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आईपीओ आज बाँडफाँट भएको छ । आईपीओ बाँडफाँटबाट ९७ हजार ३४४ जनाको हात खाली भएको छ । कम्पनीको आईपीओमा आवेदन गर्ने ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका छन् भने ९७ हजार ३४४ जना आवेदकले सेयर पाएनन् र उनीहरूको हात खाली भएको छ ।

आईपीओमा कुल ४ लाख १७ हजार ९५८ जना आवेदकबाट १ अर्ब ५३ करोड रुपैयाँ बराबरको आइपीओ खरिदको लागि आवेदन परेको थियो । सानिमा क्यापिटलले बाँडफाँट गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो।

कर्मचारीका लागि सुरक्षित गरिएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर बिक्री नभएपछि सो शेयर समेत थप गरी सर्वसाधारणमा ३२ लाख ६ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो।

उक्त शेयरका लागि ४ लाख २८ हजारले आवेदन दिएकोमा ४ लाख १७ हजार ९५८ जनाको आवेदन स्वीकृत गरिएको थियो । यसो हुँदा करिब ९७ हजार आवेदक शेयर पाउनबाट बञ्चित भएका छन् । शेयर बाँडफाँट भएसँगै अब सो कम्पनीको शेयर दोस्रा बजारमा सूचीकरण र कारोबार प्रक्रियामा जानेछ । सो कम्पनीको पहिलो कारोबार १ सय ३ रुपैयाँदेखि २ सय ६ रुपैयाँको बीचमा हुनेछ । 

images
प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - ०९:४१:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology