काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक ३७.७४ अंकको बढेर सूचक १ हजार ४३०.४१ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । त्यस्तै त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ७.६३ अंकले बढेर २९८.६४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये १८९ कम्पनीका ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भयो । यस दिन ३४ हजार ६२३ वटा कारोबार भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये म्युचल फण्ड बाहेक अन्य समूहको शेयर मूल्य बढेको छ । बैकिङ समूह ३२.९३ अंक, व्यापार समूह १०.१४ अंक, होटल्स समूह ५८.१ अंक, विकास बैंक ५५.४१ अंक, जलविद्यूत समूह २३.२३ अंक, वित्त समूह ७.६७ अंक, निर्जिवन विमा समूह २८३.०८ अंक, उत्पादन समूह ५४.८६ अंक, अन्य समूह १२.६३ अंक, लघुवित्त समूह ७१.५७ अंक, जीवन बीमा समूह २२३.१५ अंकले बढ्यो । म्युचल फण्ड ०.०३ अंकले घट्यो ।
आज नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र ६ करोड ९२ लाख ३ हजार ३८८ रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ७५ लाख ७४ हजार ३६५ रुपैयाँ, अजोड इन्स्योरेन्सको ४ करोड ८२ लाख ८९ हजार ६५ रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ७९ लाख २१ हजार १९७ रुपैयाँ, एनएमबी बैंकको ३ करोड १७ लाख ९८ हजार ८७६ रुपैयाँ बराबरको कारोबार भयो ।
आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । साधना लघुवित्तको ९.८६ र अजोड इन्स्योरेन्सको ९.८५ प्रतिशतले बढ्यो । त्यस्तै घोडीघोडा लघुवित्तको ८.७० प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको ८.५८ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ८.३९ प्रतिशतले बढ्यो ।
उता आज दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ । जसको शेयर मूल्य ५.७० प्रतिशतले घट्यो । त्यस्तै गुराँस लघुवित्तको ४.७६ प्रतिशत, खानीखोला हाइड्रोपावरको ३.९३ प्रतिशतले घट्यो ।